रसुवाको नेपाली सेनाको श्रीनाथ गणमा विस्फोटक पदार्थ विस्फोट भएको
काठमाडौं २५ साउन । आमाछोदिङमो गाउँपालिका ४ मानसिङमा विस्फोटक पदार्थ लैजाने क्रममा विस्फोट
भएको हो ।
नेपाली सेनाको श्रीनाथ गणमा म्याद सकेको विष्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा विस्फोट भएर ५ जना घाइते भएका छन् ।
घाइतेहरुको उद्धारको लागि हेलिकप्टर गएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशोक थापाले नेपालप्रेसलाई बताए ।
प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको उनले बताए । घटनाको विस्तृत विवरण आउन बाँकी छ । गणपतिले व्यस्त रहेको जनाउँदै विस्तुत विवरण पछि आनेछ ।












प्रतिक्रिया दिनुहोस्