काठमाडौंका चार क्षेत्रमा आज एक घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने
काठमाडौं, १५ साउन। नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा आज एक घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने जनाएको छ।
प्राधिकरणले सूचना जारी गर्दै स्युचाटार, पाटन, टेकु र के–३ क्षेत्रमा अपराह्न ४ः३० बजेदेखि ५ः३० बजेसम्म विद्युत आपूर्ति बन्द रहने जानकारी दिएको हो।
प्राधिकरणका अनुसार स्युचाटार–मातातीर्थ १३२ केभी प्रसारण लाइनको बसमा तार चुडिएर आकस्मिक समस्या उत्पन्न भएपछि मर्मत कार्य गर्न विद्युत सेवा अस्थायी रूपमा अवरुद्ध गर्न लागिएको हो।
प्राधिकरणले मर्मत कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत आपूर्ति तत्काल पुनः सञ्चालन गरिने जनाएको छ।
यसबाट सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै प्राधिकरणले आवश्यक सहयोग र समझदारीका लागि आग्रह गरेको छ।












प्रतिक्रिया दिनुहोस्