झापामा सिँचाइ नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु
काठमाडौं, १५ साउन। झापाको बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि निर्माण गरिएको नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार दिउँसो करिब १ः३० बजे बुद्धशान्ति–६ टिमाइ खोला क्षेत्रमा रहेको कप्तान जनसमूहको सिँचाइ नहरमा डुबेर बुद्धशान्ति गाउँपालिका–४ आइतबारेका बुद्धिमान लिम्बूका १० वर्षीय छोरा विषम लिम्बूको मृत्यु भएको हो।
घटनाबारे जानकारी प्राप्त भएपछि अस्थायी प्रहरीचौकी मङ्गलबारेबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर कटुवालको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवालका अनुसार घटनापछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्