माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता, कर्मचारीका लागि विशेष बैंकिङ सुविधा उपलब्ध हुने
काठमाडौं, १४ साउन । माछापुच्छ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका कर्मचारीहरूलाई लक्षित गर्दै विशेष बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतामा माछापुच्छ्रे बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्याल र कर्मचारी सञ्चय कोषका निमित्त सह प्रशासक भरत राज वस्तीले हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकले कर्मचारी सञ्चय कोषका कर्मचारीहरूका लागि प्रिमियम सुविधासहितको तलब व्यवस्थापन खाता सञ्चालन गर्नेछ। उक्त खातामार्फत कर्मचारीहरूले सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा प्राप्त गर्ने बैंकले जनाएको छ।
तलब व्यवस्थापन खातासँगै ग्राहकको आवश्यकता अनुसार बैंकले विभिन्न अतिरिक्त सेवासमेत उपलब्ध गराउनेछ। जसअन्तर्गत बचत तथा निक्षेप सुविधा, डिजिटल बैंकिङ सेवा, कर्जा सुविधा, कार्ड सेवा लगायतका सुविधाहरू समावेश छन्।
माछापुच्छ्रे बैंकले विभिन्न सरकारी कार्यालयहरूको तलब व्यवस्थापन खाता सञ्चालन गर्दै संस्थागत बैंकिङ सेवामा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ। बैंकले आफ्ना ग्राहकलाई नवीनतम प्रविधिमा आधारित सरल, सुरक्षित र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंक र कर्मचारी सञ्चय कोषबीचको यो सहकार्यले संस्थागत बैंकिङ सेवाको विस्तारसँगै कोषका कर्मचारीहरूलाई थप उत्कृष्ट वित्तीय अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्