वीरगञ्जमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं, १४ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।

निषेधाज्ञा अवधिमा वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार निषेधाज्ञा क्षेत्र पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।

जिल्ला सुरक्षा समितिले शान्ति सुरक्षा कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गर्ने निर्णय गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्