नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्ति अन्तिम चरणमा, ६ उम्मेदवारको अन्तर्वार्ता साउन १७ गते

काठमाडौं, १४ साउन । नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनोट भएका ६ जना उम्मेदवारको नाम र समय तालिका सार्वजनिक गरेको हो।

मन्त्रालयका अनुसार साउन १७ गते मन्त्रालयको सानो सभाहलमा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता सञ्चालन हुनेछ। प्रत्येक उम्मेदवारलाई आफ्नो कार्ययोजना प्रस्तुत गर्न २० मिनेटको समय दिइनेछ।

अन्तर्वार्ताका लागि छवि राज पोखरेल, कोशल केसी, संजीवकुमार देव, सिए नागेन्द्र साह, सरोजकुमार शर्मा र विपेन्द्रकुमार देव छनोट भएका छन्।

सार्वजनिक गरिएको तालिकाअनुसार अन्तर्वार्ता बिहान ९ बजेदेखि सुरु हुनेछ। पहिलो उम्मेदवार बिहान ९ बजे, दोस्रो १० बजे, तेस्रो ११ बजे, चौथो दिउँसो १ बजे, पाँचौँ २ बजे र छैटौँ ३ बजे उपस्थित हुनेछन्।

मन्त्रालयले सबै उम्मेदवारलाई तोकिएको समयभन्दा कम्तीमा आधा घण्टा अगाडि नागरिकता, शैक्षिक योग्यता तथा अनुभवसम्बन्धी सक्कल कागजातसहित उपस्थित हुन आग्रह गरेको छ।

साथै, तोकिएको मिति र समयमा उपस्थित नभए प्रतिस्पर्धाबाट स्वतः बाहिरिने भएकाले समयपालन गर्न मन्त्रालयले उम्मेदवारलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्