किवानिज क्लब अफ नमस्ते नेपालको दोस्रो वार्षिकोत्सव सम्पन्न, किवानिजले बालबालिकाको सेवामा निरन्तर सक्रिय छः डिस्ट्रिक्ट गभर्नर डा.रामशरण थपलिया

काठमाडौं । किवानिज इन्टरनेशनल नेपाल डिस्ट्रिक्टको नेतृत्व कर्ता डिस्ट्रिक्ट गभर्नर डा. रामशरण थपलियाले किवानिज इन्टरनेशनल नेपाल डिस्ट्रिक्ट बालबालिकाको सेवामा निरन्तर सक्रिय भई नेतृत्वदायी भूमिका खेल्नु पर्नेमा जोडदिए ।

शनिबार काठमाडौंको युनिभर्सल क्याफेमा किवानिज क्लब अफ नमस्ते नेपालको दोस्रो वार्षिकोत्सव कार्यक्रममा शुभकामना व्यक्त गर्दै डा.थपलियाले क्लब अफ नमस्ते नेपालले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, वातावरण संरक्षण तथा सामुदायिक सेवाका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै देशभर आफ्नो सेवा विस्तार गरिरहेको जानकारी दिए ।

उनले सन् २०१६ मा औपचारिक रूपमा नेपाल डिस्ट्रिक्टको मान्यता प्राप्त गरेको बताउँदै किवानिज नेपाल हाल १० डिभिजनअन्तर्गत १२७ भन्दा बढी क्लब र करिब १,८०० भन्दा बढी सदस्यसहित देशव्यापी रूपमा सक्रिय रहेको बताए ।
संस्थाले ूबालबालिकाको जीवनस्तर सुधारू भन्ने मूल उद्देश्यका साथ विभिन्न सामाजिक तथा मानवीय कार्यक्रम सञ्चालन गर्दै आएको समेत बताए ।
उनले किवानिज नेपालले विद्यालय सहयोग, स्वास्थ्य शिविर, वृक्षारोपण, विपद् राहत, छात्रवृत्र् िवितरण तथा बालमैत्री कार्यक्रमहरू सञ्चालन गर्दै समुदायमा सकारात्मक प्रभाव पारिरहेको बताए ।

किवानिज क्लब अफ नमस्तेका अध्यक्ष शिबहरि खनालले क्लबमा रहि सक्रिया भूमिका निर्वाह गरेका सबैलाई आभार प्रकट गर्दै सबैलाई सेवा भावनको विकास गरि सदस्य संख्या थप्दै जाने प्रतिवद्धता व्यक्त गरे ।
किवानिज इन्टरनेशनलका बोर्ड ट्रष्टी मोहन लम्सालले किवानिज नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो उपस्थिति बलियो बनाउँदै लगिएको बताए ।
उनले किवानिजले विश्वभरका स्वयंसेवकहरूको सञ्जाल भएको बताउँदै यसको मुख्य उद्देश्य एक समयमा एक बालबालिका र एक समुदायलाई राम्रो बनाउने उनको तर्क छ । नेपाल डिस्ट्रिक्टले यही उद्देश्यलाई आत्मसात गर्दै सामाजिक सेवा, नेतृत्व विकास र मानवीय अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
किवानिज क्लब अफ नमस्ते नेपालको दोस्रो वार्षिकोत्सवसँगै फष्टलेडी सावित्री खनालको जन्मोत्सव परेकोले केक काटी एक भव्य कार्यक्रम आयोजना गरिएको थियो ।

https://www.youtube.com/watch?v=CS7u7VBa3Ys

प्रतिक्रिया दिनुहोस्