काभा भलिबल: नेपालको जुझारु प्रदर्शन, बंगलादेशविरुद्ध जित नजिक पुगे पनि चुक्यो
काठमााडौं, १० साउन । काभा मेन्स भलिबल च्याम्पियनसिप २०२६ मा नेपालको खराब प्रदर्शन कायमै रहेको छ। प्रतियोगितामा लगातार चौथो हार व्यहोर्ने क्रममा नेपाल आइतबार बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको छ।
पाकिस्तानको इस्लामाबादमा जारी प्रतियोगिताअन्तर्गत बंगलादेशविरुद्धको खेलमा नेपालले सुरुवाती अग्रता लिए पनि त्यसलाई कायम राख्न सकेन।
नेपालले पहिलो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई २५–१८ ले पराजित गरेको थियो। दोस्रो सेटमा भने नेपाल २५–१९ ले पछि परेको थियो। तेस्रो सेटमा पुनरागमन गर्दै नेपालले २५–२१ को जित निकाल्दै खेलमा २–१ को अग्रता बनाएको थियो।
तर चौथो सेटमा नेपालले अग्रता जोगाउन सकेन। बंगलादेशले चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै खेललाई २–२ को बराबरीमा ल्यायो। निर्णायक पाँचौँ सेटमा पनि नेपाल १५–११ ले पछि परेपछि खेल बंगलादेशको पक्षमा गएको हो।
यसअघि प्रतियोगितामा नेपालले पाकिस्तानसँग ३–० को सोझो सेटमा पराजय बेहोरेको थियो। त्यसअघि श्रीलंकाविरुद्ध पनि नेपालले सुरुवाती अग्रता गुमाउँदै ३–२ को हार व्यहोरेको थियो भने काजखस्तानसँगको खेलमा पनि नेपाल पाँचौँ सेटमा पराजित भएको थियो।
लगातार चार खेलमा पराजित भएपछि नेपालको प्रतियोगितामा चुनौती थपिएको छ।
अब नेपालले लिग चरणको अन्तिम खेल सोमबार उज्वेकिस्तानसँग खेल्नेछ। उक्त खेलमा पनि पराजित भए नेपालले पाँचौँ स्थानका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ।













प्रतिक्रिया दिनुहोस्