१० दिनदेखि अवरुद्ध कोदारी राजमार्गको मन्त्रीद्वयद्वारा स्थलगत अनुगमन
काठमााडौं, १० साउन । पहिरोका कारण विगत १० दिनदेखि पूर्ण रूपमा अवरुद्ध रहेको कोदारी राजमार्गको अवस्थाबारे पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्थलगत अनुगमन गरेका छन्।
राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित हुनुका साथै स्थानीय जनजीवन कष्टकर बनेको छ। अनुगमनका क्रममा मन्त्रीद्वयले पहिरोबाट भएको क्षति, सडक खुलाउन भइरहेका प्रयास तथा तत्काल गर्नुपर्ने कामबारे सम्बन्धित निकायसँग जानकारी लिएका छन्।
लामो समयसम्म राजमार्ग सञ्चालनमा आउन नसकेको भन्दै स्थानीय बासिन्दाले असन्तुष्टि जनाएका छन्। उनीहरूले १० दिन बितिसक्दा पनि प्रभावकारी रूपमा सडक खुलाउन नसकिएको भन्दै तत्काल यातायात सञ्चालनको व्यवस्था गर्न माग गरेका छन्।
राजमार्ग अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ढुवानी, आवतजावत तथा स्थानीय आर्थिक गतिविधिमा समेत असर परेको स्थानीयको भनाइ छ। सडक खुलाउन तीव्र रूपमा काम अघि बढाउनुपर्ने माग उनीहरूले गरेका छन्।













प्रतिक्रिया दिनुहोस्