सिवाईसी नेपाल लघुवित्तले साउन ३० गते बोलायो सातौं वार्षिक साधारणसभा
काठमााडौं, १० साउन । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ३० गते सातौं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ।
संस्थाको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले पोखरास्थित दिपसागर होटल रेष्टुरेन्ट एण्ड बार प्रालिको सभा हलमा बिहान ११ बजेदेखि साधारणसभा सञ्चालन गर्ने निर्णय गरेको हो।
साधारणसभाले अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियाका लागि उपयुक्त संस्था पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने तथा आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।
सभाबाट मर्जर तथा प्राप्तिका लागि नेपाल राष्ट्र बैंकमा सैद्धान्तिक स्वीकृतिका लागि निवेदन दिने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्ने, परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव रहेको छ।
त्यस्तै, अन्य वित्तीय संस्थाका शाखा खरिद तथा प्राप्ति गर्ने, नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियामक निकायबाट आवश्यक स्वीकृति लिने तथा प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्नेलगायतका सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण अनुमोदन गर्ने कार्यसूची रहेको छ।
सभाले कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ।
यसैगरी आर्थिक वर्ष २०८१/८२ मा सञ्चालक समिति तथा विभिन्न उपसमितिको बैठक भत्ता र अन्य खर्च अनुमोदन गर्ने तथा सञ्चालक समितिका सदस्यको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गरिनेछ।
साधारणसभा प्रयोजनका लागि संस्थाले साउन १९ गते शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साउन १८ गतेसम्म कारोबार भई कायम शेयरधनीहरूले मात्र साधारणसभामा सहभागिता जनाउन पाउनेछन्।













प्रतिक्रिया दिनुहोस्