स्वावलम्बन लघुवित्तले सीईओ बिष्टको पुनर्नियुक्ति निर्णय रद्द गर्यो
काठमाडौ, ६ साउन । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह बिष्टको दोस्रो कार्यकालका लागि गरिएको पुनर्नियुक्ति निर्णय रद्द गरेको छ।
संस्थाको सञ्चालक समितिको साउन ६ गते बसेको ४८८औँ बैठकले यसअघि ४८७औँ बैठकबाट बिष्टलाई चार वर्षे दोस्रो कार्यकालका लागि सीईओमा पुनर्नियुक्ति गर्ने निर्णय खारेज गरेको हो। सोही आधारमा गरिएको करार सम्झौतासमेत रद्द गर्ने निर्णय भएको संस्थाले जनाएको छ।
संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार बिष्टले आफ्नो हालको कार्यकाल समाप्त हुने साउन ८ गतेसम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्।
नयाँ सीईओ नियुक्त नभएसम्म संस्थाको नियमित प्रशासनिक तथा व्यवस्थापकीय काम सञ्चालन गर्न कामु नायब महाप्रबन्धक चन्द्रमणि चौलागाईलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ।
स्वावलम्बन लघुवित्तले पुनर्नियुक्ति निर्णय रद्द गर्नुको कारण भने सार्वजनिक गरेको छैन।













प्रतिक्रिया दिनुहोस्