नेपाल मेडिकल एसोसिएसनको सदस्यमा डा. रामकृष्ण यादवलाई जीताउन अपिल

काठमाडौं। नेपालका चिकित्सक तथा दन्त चिकित्सकहरूको राष्ट्रिय पेसागत संस्था नेपाल मेडिकल एसोसिएसनको निर्वाचनलाई लक्षित गर्दै चिकित्सकहरु यतिखेर चुनावी मैदानमा छन् ।

यही श्रावण २३ गते हुने निर्वाचनमा उम्मेदवारहरु चुनाव प्रचार प्रसारमा लागेका छन् । यसले संघमा चूनावी रौनक र सक्रियता बढेको छ। यसै क्रममा सक्षम, समर्पित तथा सेवाभावी उम्मेदवारका रूपमा प्रस्तुत भएका डा. रामकृष्ण यादवलाई विजयी गराउन पेशागत व्यवसायीहरुले मतदातासमक्ष अपिल गरेका छन्। डा. यादव एसोसिएसनको सदस्य पदका लागि चुनावी मैदानमा छन् । तपाईंको विश्वास, हाम्रो प्रतिबद्धता भन्ने उनको चुनावी नारा रहेको छ । उनले नारा जस्तै सबैको विश्वास जितेर निर्वाचित हुने विश्वास छ ।

समर्थकहरूका अनुसार डा. यादव चिकित्सकहरूको हकहित, पेशागत सम्मान तथा स्वास्थ्य क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध उम्मेदवार हुन्। उनी नेतृत्वमा पुगेपछि चिकित्सकहरूको पेशागत अधिकारको संरक्षण, संस्थागत सुदृढीकरण तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि प्रभावकारी पहल हुने विश्वास व्यक्त गरिएको छ।

उनले चिकित्सकहरूको एकता, पारदर्शी नेतृत्व र सेवामुखी कार्यशैलीलाई प्राथमिकतामा राख्दै सम्पूर्ण मतदातालाई आफ्नो अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन।

 

प्रतिक्रिया दिनुहोस्