टिग्मोमार्फत आईएमईमा रकम पठाउने सेवाग्राहीलाई विद्युतीय गाडी हस्तान्तरण
काठमाडौं, ५ साउन । साउदी अरबबाट टिग्मो डिजिटल वालेटमार्फत आईएमईमा रकम पठाउने सेवाग्राहीमध्ये अभिषेक कालाखेतीले बम्पर उपहारस्वरूप विद्युतीय गाडी जितेका छन्।
आईएमईले सञ्चालन गरेको ‘टिग्मोमार्फत आईएमई गरौँ, उपहार जितौँ’ योजनाअन्तर्गत कालाखेती बम्पर पुरस्कारका विजेता बनेका हुन्। कम्पनीले मंगलबार आयोजित कार्यक्रममा उनका तर्फबाट श्रीमती कल्पना कालाखेतीलाई विद्युतीय गाडी हस्तान्तरण गरेको हो।
योजनाअन्तर्गत युवराज न्यौपाने र सन्तोष गिरीले विद्युतीय स्कुटर प्राप्त गरेका छन् भने १२ जना सेवाग्राहीले स्मार्टफोन जितेका छन्। विजेताहरूलाई आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा टिग्मोका प्रतिनिधिले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए।
कार्यक्रममा आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्स सेवा कागजी प्रक्रियाबाट डिजिटल माध्यममा रूपान्तरण भएको उल्लेख गर्दै साउदी अरबमा रहेका नेपालीलाई टिग्मोमार्फत आईएमईमा रकम पठाउन आग्रह गरे।
आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले कम्पनीले सञ्चालन गर्ने ग्राहकमुखी योजनाहरू प्रचारप्रसारका लागि मात्र नभई सेवाग्राही र उनीहरूका परिवारलाई प्रत्यक्ष लाभ पुग्ने उद्देश्यले ल्याइने गरेको बताए। आगामी दिनमा पनि यस्ता योजना निरन्तर सञ्चालन गरिने उनले जानकारी दिए।
कम्पनीका अनुसार उक्त योजना पुस २१ देखि चैत १७ गतेसम्म सञ्चालन गरिएको थियो। योजना अवधिमा पाँच जनाले जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए भने कुल ७५ जना विजेताले विभिन्न पुरस्कार हात पारेका छन्। विजेताको छनोट डिजिटल भाग्यशाली छनोट प्रणालीमार्फत गरिएको कम्पनीले जनाएको छ।
आईएमईले आगामी अगस्ट १ देखि अक्टोबर ३१ सम्म ‘टिग्मो एन्ड विन फाइभ टाइम्स मोर’ नामक नयाँ ग्राहकमुखी योजना सञ्चालन गर्ने पनि जनाएको छ।













प्रतिक्रिया दिनुहोस्