नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्यका विषयमा छलफल
काठमाडौं, ५ साउन । नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीबीच आज काठमाडौंमा क्षमता विकास, विद्यार्थी संलग्नता, विज्ञसूची निर्माण, प्रतिष्ठानका अध्ययनका लागि क्षेत्रीय आउटपोस्टको अवधारणालगायत विषयमा छलफल भएको छ।
छलफलमा प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराईसहित वरिष्ठ अनुसन्धानकर्ता डा. दीपककुमार खड्का, डा. मोहनकुमार शर्मा, डा. खगनाथ अधिकारी, डा. हरि शर्मा न्यौपाने र डा. कल्पना खनाल सहभागी थिए।
त्यसैगरी, मध्यपश्चिम विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक तथा नीति प्रयोगशालाका संयोजक डा. यदुप्रसाद ज्ञवाली र फ्याकल्टी सदस्य एवं पीएचडी स्कलर लोकबहादुर ओलीको पनि सहभागिता रहेको थियो।
प्रतिष्ठान र विश्वविद्यालयबीच आपसी सहयोग तथा सहकार्यका लागि गत माघ २६ गते समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको थियो। आजको छलफल सोही समझदारी कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यमा केन्द्रित रहेको जनाइएको छ।













प्रतिक्रिया दिनुहोस्