सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु

काठमाडौं, १ साउन । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रतिवादी विष्णु पौडेलको बयान विशेष अदालतमा सुरु भएको छ।

विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासमा पौडेलको बयान लिने प्रक्रिया जारी रहेको अदालत स्रोतले जनाएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा दर्ता भएको मुद्दामाथि सुनुवाइको क्रममा अदालतले प्रतिवादीको बयान लिन थालेको हो। बयान सम्पन्न भएपछि इजलासले थप कानुनी प्रक्रिया अघि बढाउनेछ।

प्रतिक्रिया दिनुहोस्