सिंहदरबार गेटमा धर्नारत निहारिका राजपूतलाई प्रहरी वृत्त लगियो
काठमाडौं, ३२ असार । सिंहदरबारको दक्षिण गेटमा धर्ना दिँदै आएकी निहारिका राजपूतलाई प्रहरीले बिहीबार सिंहदरबार प्रहरी वृत्त लगेको छ।
प्रहरीले राजपूतलाई भ्यानमा राखेर वृत्तमा लगेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी लगातार सिंहदरबार गेटमा धर्नामा बसेपछि घटनाबारे जानकारी लिन र परामर्शका लागि प्रहरी वृत्त लगिएको हो।
बच्चासहित धर्नामा बसेकी राजपूतले आफ्नो बच्चालाई मार्ने प्रयास भइरहेको र आफू दमनमा परेको दाबी गरेकी छन्।
प्रहरीले भने राजपूतसँग उनको दाबी र घटनासम्बन्धी विषयमा सोधपुछ गरिरहेको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्