मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ

काठमाडौं, ३२ असार । कास्कीको पोखरा महानगरपालिका–मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय अजय नेपाली, २६ वर्षीय सन्जय नेपाली र ३० वर्षीय साजन विश्वकर्मा रहेका छन्। उनीहरूलाई प्रहरीले गएराति करिब १० बजे नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार साजन विश्वकर्माको कोठाबाट एक नाल भरुवा बन्दुक तथा फलामको धारिलो हतियार बरामद गरिएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई हाल वडा प्रहरी कार्यालय रामबजारको नियन्त्रणमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्