अरुण उपत्यका रेकर्डिङ्ग तथा प्रोडक्शन कम्पनीको औपचारिक शुभारम्भ

काठमाडौं, २९ असार । नेपाली संगीत तथा मनोरञ्जन क्षेत्रलाई लक्षित गर्दै अरुण उपत्यका रेकर्डिङ्ग तथा प्रोडक्शन कम्पनीको औपचारिक शुभारम्भ भएको छ ।

राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा विभिन्न सांगीतिक तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा कम्पनीको शुभारम्भ गरिएको हो । कम्पनीले नेपाली संगीत, म्युजिक भिडियो, चलचित्र, वृत्तचित्र तथा अन्य सिर्जनात्मक सामग्रीको उत्पादन, रेकर्डिङ्ग र प्रवद्र्धनका क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।

शुभारम्भ कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाली कला, संस्कृति र संगीतको संरक्षण तथा प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ प्रतिभालाई अवसर सिर्जना गर्न यस्ता संस्थाहरू प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

कम्पनीका अध्यक्ष कमल बहादुर खगीले आधुनिक प्रविधिसहितको रेकर्डिङ्ग सेवा, दक्ष प्राविधिक जनशक्ति तथा सिर्जनशील कलाकारसँगको सहकार्यमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली सिर्जनालाई स्थापित गर्ने लक्ष्य राखिएको बताए । उनले आगामी दिनमा नयाँ गायक–गायिका, संगीतकार तथा सिर्जनाकर्मीलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन समेत गरिने बताए ।

संसाद अजीत कार्कीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सो कार्यक्रममा कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी  अध्यक्ष रिता थापा, चर्तित लोकदोहोरी गायीका राधिका हमाल, सञ्चारकर्मी, कलाकार, संगीतकर्मी, सञ्चारकर्मी, समाजसेवी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले कम्पनीको सफलताको शुभकामना व्यक्त गर्दै नेपाली सांगीतिक उद्योगको विकासमा यसले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्