गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देखेँ : धुर्मुस
काठमाडौं, २६ असार । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीप्रति सहानुभूति व्यक्त गर्दै आफूले उनमा आफ्नै प्रतिबिम्ब देखेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै धुर्मुसले लामो समयदेखि पीडा, निराशा र उकुसमुकुसका बीच बाँचिरहेको आफूले गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देखेको उल्लेख गरेका छन्।
उनले राज्य सबै नागरिकको साँचो अभिभावक बन्नुपर्नेमा जोड दिँदै देशमा सम्मानपूर्वक श्रम गरेर बाँच्न सकिने वातावरण निर्माण गर्न आग्रह गरेका छन्।
धुर्मुसले भविष्यमा कुनै पनि नेपालीले निराशाको अन्तिम विकल्पका रूपमा आत्मदाह रोज्नुपर्ने अवस्था फेरि कहिल्यै नआओस् भन्ने कामना पनि व्यक्त गरेका छन्।













प्रतिक्रिया दिनुहोस्