निजी क्षेत्रको मनोबल उच्च बनाएर मात्रै अर्थतन्त्रले गति लिन्छ : कुलमान घिसिङ
काठमाडौं, २६ असार । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले निजी क्षेत्रको मनोबल उच्च बनाएर मात्रै अर्थतन्त्रले गति लिन सक्ने बताएका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह र निर्माण व्यवसायीबीच भएको छलफलपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले उक्त छलफलले निजी क्षेत्रको आत्मविश्वास बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन्।
उनले अहिले सबै क्षेत्रमा त्रासको वातावरण रहेकाले निजी क्षेत्रको आत्मविश्वास बढाउनु आवश्यक रहेको उल्लेख गरेका छन्। व्यवसायीहरूलाई लगानी तथा काम गर्ने अनुकूल वातावरण सिर्जना गर्न राज्यले सहजीकरण र सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
घिसिङले कर्मचारी, लगानीकर्ता र निर्माण व्यवसायीको क्षमता अभिवृद्धिसँगै उनीहरूको मनोबल उच्च बनाउन सके मात्रै अर्थतन्त्रले गति लिने बताएका छन्। साथै, जलविद्युत् लगायत अन्य उत्पादनमुखी क्षेत्रमा पनि सरकारले विशेष ध्यान दिनुपर्ने उनको आग्रह छ।













प्रतिक्रिया दिनुहोस्