जबरजस्ती करणी र ठगी आरोपमा जनमत पार्टी सप्तरीका कोषाध्यक्ष अधिकारी पक्राउ

काठमाडौंं, २४ असार । जनमत पार्टी सप्तरीका कोषाध्यक्ष नरेश अधिकारीलाई जबरजस्ती करणी र ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार अधिकारीविरुद्ध परेको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हेमराज घिमिरेका अनुसार अधिकारीविरुद्ध जबरजस्ती करणी र ठगीसम्बन्धी उजुरी दर्ता भएपछि पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ।

प्रहरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका–२ निवासी अधिकारी केही दिनदेखि फरार रहेका थिए।

खोजतलास गर्ने क्रममा उनलाई मंगलबार दिउँसो महादेवापट्टी क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्