ठमेल परिषद् निर्वाचनको सरगर्मी: १० बुँदे एजेन्डासहित महासचिवमा युवा व्यवसायी पशुपति कँडेलको उम्मेदवारी

काठमाडौं, २३ असार । पर्यटन व्यवसायीहरुको हब काठमाडौंको ठमेलमा यतिखेर निर्वाचनको’सरगर्मीले तातेको छ । ठमेलका पर्यटन व्यवसायीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को आगामी असार २७ गते निर्वाचन हुँदैछ । व्यवसायीहरु चुनावी जोडघटाउ र एजेन्डामा तल्लिन भएका छन् ।

यही चुनावी सरगर्मीका बीच ‘चुपचाप काम गर्ने तर परिणाम निकाल्ने’ छवि बनाएका युवा पर्यटन व्यवसायी एवं समाजसेवी पशुपति कँडेलले महासचिव पदमा आफ्नो सशक्त उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा छन् । पर्यटन व्यवसायी राजुडंगोल नेतृत्वको समूहबाट उनले उम्मेदवारी दिएका हुन् । उनको उम्मेदवारीले चर्विाचनलाई थप रोचक र उत्साहजनक थपेको छ ।

धादिङको ज्वालामुखी गाउँपालिकामा जन्मिएर त्याहाँको माटोबाट संघर्ष गर्दै काठमाडौँलाई कर्मथलो बनाएका कँडेल ठमेलका रैथाने व्यवसायी हुन् । ठमेलस्थित प्रख्यात आगन्तुक होटल तथा अतिथि होटल एन्ड अपार्टमेन्टका सञ्चालक कँडेलले व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् ।

उनी व्यवसायमा मात्र सीमित छैनन्, लायन्स क्लबलगायत विभिन्न सामाजिक संघ/संस्था, रक्तदान अभियान र पर्यटन क्षेत्रका अग्रणी निकायहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेर समाजमा आफ्नो बलियो छाप छोडिसकेका परिपक्व व्यक्तित्व हुन् ।

चुनावी मैदानमा ओर्लिँदै गर्दा कँडेलले व्यावहारिक महत्वपूर्ण नारा अघि सारेका छन्– ‘संघर्षबाट सिकेको अनुभव, सेवाबाट कमाएको विश्वास र परिणाममुखी नेतृत्व’ । ‘ठमेल व्यापारिक केन्द्र मात्र होइन, यो सिंगो नेपालकै अन्तर्राष्ट्रिय पहिचान हो,’ आफ्नो उम्मेदवारीबारे प्रष्ट्याउँदै कँडेल भन्छन्, ‘यसलाई सफा, सुरक्षित, सभ्य र प्रविधिमैत्री बनाउनु आजको आवश्यकता हो । म कुराभन्दा काममा विश्वास गर्छु र ठमेलका हरेक व्यवसायी तथा घरधनीको सुख/दुःखको सच्चा सारथी बन्न चुनावी मैदानमा आएको हुँ ।’

ठमेलले लामो समयदेखि योजना धेरै बनाउने तर कार्यान्वयन नगर्ने नेतृत्व भोग्दै आएको गुनासो व्यवसायीहरूको छ । यस्तो अवस्थामा व्यवस्थापनका ज्ञाता, युवा जोश र सामाजिक काममा कहिल्यै ‘नाइँ’ नभन्ने कँडेलको स्वभाव नै उनको जितको मुख्य आधार बनेको पर्यटन व्यवसायीहरुको भनाइ छ । घरधनी र व्यवसायी दुवैको भावना बुझ्न सक्ने समन्वयकारी क्षमता भएकाले पनि यतिबेला ठमेलमा कँडेलको पक्षमा बलियो माहौल बन्दै गएको व्यवसायीहरु बताएका छन् । ठमेललाई नयाँ युग र नयाँ प्रविधिमा बनाउन कँडेलजस्तो ‘एक्सन ओरिएन्टेड’ युवाको आगमनले परिषद्को गरिमा मात्र बढाउने छैन, बरु ठमेलले वास्तवमै एउटा कुशल व्यवस्थापक पाउने निश्चित छ ।

ठमेललाई विश्वस्तरीय पर्यटकीय गन्तव्य बनाउन कँडेलले स्पष्ट र बहुआयामिक १० बुँदे कार्ययोजना सार्वजनिक गरेका छन्, जसलाई ठमेलका व्यवसायीहरूले निकै सकारात्मक रूपमा लिएका छन् ।

यस्तो छन् उनले अघिसारेका महत्वपूर्ण एजेण्डाहरु:

१.  ठमेलको ऐतिहासिक गरिमा र प्रमुख पर्यटकीय केन्द्रको आकर्षणलाई थप सुदृढ बनाउने ।

२.  यहाँको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने ।

३. विश्वस्तरीय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न दिगो विकासको मोडेल लागू गर्ने ।

४.  ऐतिहासिक मन्दिर, बहाल, विहार र चोकहरूको संरक्षण गर्दै सम्पदा भ्रमणको अवधारणा ल्याउने ।

५. ठमेलका घरधनी र व्यवसायीबीच आपसी विश्वास, सद्भाव र सहकार्यको बलियो वातावरण सृजना गर्ने ।

६. चौबीसै घण्टा प्रभावकारी शान्तिसुरक्षा, आधुनिक सडक बत्ती, सीसी क्यामेरा जडान, वैज्ञानिक ढल व्यवस्थापन र सडक बालबालिकाको उचित व्यवस्थापन गर्ने ।

७. गृह मन्त्रालयबाट स्वीकृत पूर्ण समय व्यवसाय सञ्चालनसम्बन्धी मापदण्डलाई व्यवसायीमैत्री ढंगले प्रभावकारी रूपमा कार्यान्वयन गराउने ।

८. विभिन्न कारणले रोकिएका ठमेलका गुरुयोजनाहरूलाई सबै सरोकारवालाको समन्वयमा पुनः अगाडि बढाउने ।

९. पर्यटकको सहजताका लागि ठमेलका सडकहरूको वैज्ञानिक नम्बरिङ कार्यलाई पूर्णता दिने ।

१०. डिजिटल ठमेलको अवधारणा अन्तर्गत निःशुल्क वाइफाइ, वाकिङ–फ्रेन्ड्ली (पैदलयात्रीमैत्री) सडक र पर्यटकमैत्री अत्याधुनिक सूचना केन्द्रको स्थापना गर्ने ।

प्रतिक्रिया दिनुहोस्