सिरहाका सीमा नाकाबाट १४ लाखभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद
काठमाडौ, २३ असार । सिरहाका विभिन्न सीमा नाकाबाट भन्सार छली गरी ओसारपसार गरिँदै गरेका १४ लाख ३ हजार ३२६ रुपैयाँ बराबरका विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नम्बर ७ गण मुख्यालय सिरहाका अनुसार नियमित निगरानी तथा जाँचका क्रममा भारतबाट नेपालतर्फ ल्याइँदै गरेका तथा नेपालबाट भारततर्फ लैजान लागिएका मोटरसाइकल, सौन्दर्य सामग्री, पित्तलका भाँडा, मदिरा, विद्युतीय सामग्री, किराना सामग्री र डिजेल बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रहरी उपरीक्षक सुमनजङ्ग थापाले सीमा क्षेत्रमा हुने भन्सार छली, तस्करी तथा अवैध ओसारपसार नियन्त्रणका लागि नियमित निगरानी र जाँचलाई थप प्रभावकारी बनाइएको बताए।
उनका अनुसार बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि आगामी दिनमा पनि निगरानी थप कडा बनाइने जनाएको छ।












प्रतिक्रिया दिनुहोस्