दाङमा करेन्ट लागेर वडा सचिवको मृत्यु

काठमाडौं, २३ असार। दाङमा करेन्ट लागेर वडा सचिवको मृत्यु भएको छ।

मृत्यु हुनेमा गढवा गाउँपालिका–५ का वडा सचिव ४० वर्षीय रामनरेश यादव रहेको छ । उनी आफे घरमै करेन्ट लागेर मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक साहिल बुढाथोकीका अनुसार शौचालयको बत्ती मर्मत गर्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। गढवा–६ प्रनहवास्थित आफ्नो घरमा बेलुकी पौने ९ बजेतिर उनलाई करेन्ट लागेको

करेन्ट लागेर अचेत बनेका वडा सचिव यादवलाई लमही अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। पोष्टमर्टमका लागि उनको शव लमही अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्