वैदेशिक रोजगारीको प्रलोभनमा रु ३९ लाख ठगी, दुई जना पक्राउ
काठमाडौं, २१ असार । वैदेशिक रोजगारीको प्रलोभनमा रु ३९ लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर रकम ठगी गरेको अभियोगमा दुई जना युवक पक्राउ परेका छन्।
काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्रीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धान अनुसार पन्तले आयरल्यान्ड पठाइदिने भन्दै एक जना बेरोजगार युवकबाट रु १६ लाख असुलेका थिए भने खत्रीले दुबई पठाउने बहानामा छ जनाबाट रु २३ लाख ठगी गरेको आरोप छ।
दुवै अभियुक्तलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ।
यसैबीच, नियमित गस्तीका क्रममा प्रहरीले काठमाडौंसहित मोरङ, पर्सा, भक्तपुर, कैलाली, गोरखा, सुनसरी, बाँके, पाल्पा र झापाबाट लागूऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।












प्रतिक्रिया दिनुहोस्