सुनमाया बुढालाई नेपाली कांग्रेसद्वारा सम्मान, १२० किमी अल्ट्रा ट्रेलमा उत्कृष्ट प्रदर्शन
काठमाडौं, १९ असार । धावक सुनमाया बुढालाई नेपाली कांग्रेसले सम्मान गरेको छ।
नेपाली कांग्रेसले इटालीमा भएको अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल दौडमा उत्कृष्ट प्रदर्शन गरेकी धावक Sunmaya Budha लाई सम्मान गरेको हो।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा मा आयोजित कार्यक्रममा सभापति Gagan Thapa ले बुढालाई सम्मान गरेका थिए।
इटालीको कोर्टिना द आम्पेज्जोमा सम्पन्न ‘La Sportiva Lavaredo Ultra Trail 120K’ प्रतियोगितामा बुढाले १२० किलोमिटर दूरी १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा पूरा गर्दै उल्लेखनीय प्रदर्शन गरेकी थिइन्।
उनको यो उपलब्धिलाई नेपाली खेलकुद क्षेत्रमा महत्वपूर्ण सफलताको रूपमा लिइएको छ।







प्रतिक्रिया दिनुहोस्