बैतडीमा बस दुर्घटना, १७ जना घाइते

काठमाडौं, १९ असार ।  धनगढीबाट बैतडी जाँदै गरेको यात्रुबाहक बस शुक्रबार बैतडीको पाटन नगरपालिका–८ गैराखानमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३९६३ नम्बरको बस सडकबाट करिब ६० मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुर्घटनामा घाइते भएका १७ जनाको उद्धार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता भुवन तिमल्सिनाले जानकारी दिए।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्