स्विटजरल्याण्ड अन्तिम १६ मा, अल्जेरियामाथि सहज जित

काठमाडौं, १९ असार ।  फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्विटजरल्याण्डले अल्जेरियालाई २–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

क्यानडाको भ्यानकुभरमा शुक्रबार बिहान सम्पन्न खेलमा स्विटजरल्याण्डका लागि ब्रील एम्बेलोले १०औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुमै ४६औँ मिनेटमा ड्यान एनडोएले अर्को गोल थपेपछि स्विटजरल्याण्डले सहज जित निकाल्यो।

यस जितसँगै स्विटजरल्याण्डले अन्तिम १६ मा स्थान बनाएको छ। अब उसले घाना र कोलम्बियाबीच हुने राउन्ड अफ ३२ को विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्