देशभर मनसुनी वायूको प्रभाव, विभिन्न भू-भागमा वर्षा

काठमाडौं, १८ असार । असारको तेस्रो साता हुँदै गर्दा हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ।

बिहीबार बिहान बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घन्टामा कञ्चनपुरको दोधारामा १७.४ मिलिमिटर र हनुमाननगरमा १२.४ मिलिमिटर वर्षा भएको छ।

नुवाकोटको त्रिशूलीमा १५.८ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो चौबीस घन्टामा सातै प्रदेशमा वर्षा भएको छ। सबैभन्दा बढी दोधारामा १४९.६ मिलिमिटर र कपिलवस्तुको वनगंगामा ११७.६ मिलिमिटर वर्षा भएको छ भने काठमाडौंको नागार्जुनमा ४६.६ मिलिमिटर वर्षा भएको छ। अन्य भूभागमा हल्कादेखि मध्यम वर्षा भएको छ।

बिहीबार दिउँसो पनि देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। दिउँसो देशको हिमाली र पहाडी भू(भागको केही स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।

लुम्बिनी प्रदेशको तराई भू-भागका पनि केही स्थानमा, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराई भू(भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मधेश प्रदेश र कोशी प्रदेश तराईको एक/दुई स्थानमा पनि मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक(दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ।

बिहीबार राति पनि देशभर साधारणतया बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति नै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू(भागका साथै देशको पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा तथा कोशी र मधेश प्रदेशका तराई भ-(भागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशको पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्