ब्राजिलसँग २–१ ले पराजित हुँदै जापानको विश्वकप यात्रा अन्त्य
काठमाडौं, १६ असार । फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अन्तिम ३२ को खेलमा जापान ब्राजिलसँग २–१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
पहिलो हाफमा जापानले उत्कृष्ट प्रदर्शन गर्दै अग्रता लिएको थियो। खेलको २९औँ मिनेटमा काइसु सानोले गोल गर्दै जापानलाई अघि बढाएका थिए।
तर दोस्रो हाफमा ब्राजिलले खेलमा पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेको हो। ५६औँ मिनेटमा क्यासेमिरोले हेडमार्फत बराबरी गोल गरेका थिए भने गेब्रियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई २–१ को जित दिलाएका थिए।
जापानका खेलाडी जुन्या इतोले दोस्रो हाफमा ब्राजिलले अपनाएको रणनीतिका कारण टोली दबाबमा परेको प्रतिक्रिया दिएका छन्। प्रशिक्षक हाजिमे मोरियासुले भने खेलाडीको प्रयास प्रशंसनीय भए पनि नतिजा निराशाजनक रहेको बताएका छन्।
गोलकर्ता सानोले पनि हारप्रति निराशा व्यक्त गर्दै अझै अगाडि बढ्न सकिने आशा रहेको बताए।
ब्राजिलसँगको हारसँगै जापानको विश्वकप यात्रा अन्तिम ३२ मै समाप्त भएको छ। यद्यपि प्रतिस्पर्धात्मक प्रदर्शनले जापानले पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रगति स्पष्ट देखिएको विश्लेषकहरूले बताएका छन्।







प्रतिक्रिया दिनुहोस्