जापानलाई २–१ ले हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश
काठमाडौं, १६ असार । फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको अन्तिम ३२ को खेलमा ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
पहिलो हाफमा जापानले दबाब बनाउँदै अग्रता लिएको थियो भने ब्राजिल संकटमा परेको देखिएको थियो। तर दोस्रो हाफमा खेलको रणनीति परिवर्तन गर्दै ब्राजिलले आक्रामक शैली अपनाएको थियो।
ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले दोस्रो हाफमा खेल शैली परिवर्तन गर्दै बढी क्रसमार्फत आक्रमण गर्ने रणनीति अपनाएका थिए। सोही रणनीतिबाट क्यासेमिरोले हेडमार्फत बराबरी गोल फर्काएका थिए।
खेलको अन्तिम समयमा ९५औँ मिनेटमा गेब्रियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई जित दिलाएका थिए।
ब्राजिलले अब अन्तिम १६ मा आइभोरी कोस्ट वा नर्वे मध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो हाफमा गरिएको रणनीतिक परिवर्तन र खेलाडीहरूको प्रदर्शनले ब्राजिललाई यस विश्वकपको बलियो दाबेदारका रूपमा उभ्याएको विश्लेषकहरूले बताएका छन्।







प्रतिक्रिया दिनुहोस्