उदयपुरको त्रियुगा नगरपालिकामा नियमित विद्युत् सेवा सुचारु गर्न जेनजीको माग
काठमाडौं, १६ असार । जेनजी युवा समूहले उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा नियमित विद्युत् सेवा सुचारु गर्न माग गरेको छ।
जेनजी युवा फन्टका संयोजक सुरेन्द्र थापाको नेतृत्वमा सोमबार नेपाल विद्युत् प्राधिकरण कार्यालय प्रमुख मनोजकुमार झालाई ज्ञापनपत्र बुझाउँदै नियमित विद्युत् आपूर्तिको व्यवस्था गर्न माग गरिएको हो।
उनीहरूका अनुसार दैनिक रूपमा हुने विद्युत् अवरोधका कारण स्थानीयवासीले सास्ती भोग्नुपरेको छ। जेनजी युवाका जिल्ला सचिव प्रवेश खड्काले बारम्बार हुने विद्युत् कटौतीका कारण बैंक तथा सरकारी कार्यालयमा सेवाग्राहीले नियमित सेवा पाउन कठिनाइ भइरहेको र जनगुनासो बढ्दै गएको बताए।
यसैबीच, कार्यालय प्रमुख झाले पछिल्ला दिनमा दैनिक हावाहुरीका कारण विद्युत् आपूर्ति अवरुद्ध भइरहेको र समस्या समाधानका लागि नियमित प्रयास भइरहेको जानकारी दिएका छन्।







प्रतिक्रिया दिनुहोस्