नेप्से परिसूचक १६.५४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो
काठमााडौं, १५ असार । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। नेप्से १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा बन्द भएको हो।
यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। शुक्रबार ३ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार २ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ।
समग्रमा ३५१ कम्पनीका ७६ लाख ९९ हजार २२७ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ। त्यसमध्ये २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको छ। ६ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ। टक्सार पिखुवा खोला हाइड्रोपावर, स्नो रिभर्स र याम्बालिङ हाइड्रोपावरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ भने धौलागिरी लघुवित्तको मूल्य १४.९८ प्रतिशतले वृद्धि भएको छ।
यस्तै, सबैभन्दा बढी मूल्य घट्ने कम्पनीमा स्वाभिमान लघुवित्त रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.८३ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार ४५४ रुपैयाँमा झरेको छ।







प्रतिक्रिया दिनुहोस्