बागमती नदीमा डुबेर २ बालकको मृत्यु

काठमााडौ।, १५ असार । रौतहटको गढीमाई नगरपालिका १ स्थित बागमती नदीमा डुबेर २ बालकको मृत्यु भएको छ ।

बागमती नदीको समनपुर हरैया घाटमा नुहाउने क्रममा क्रममा स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका करिब ८ वर्षीय छोरा आदित्य यादव नदीमा डुबेर बेपत्ता भएका थिए । नदीमा बालक बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय समनपुरबाट प्रहरी निरीक्षक मुना पासवानको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेर खोजतलास सुरु गरेको थियो ।

प्रहरीले दिउँसो घटनास्थलबाट करिब ५० मिटर दक्षिणतर्फ नदीमै खोजी गर्ने क्रममा अनिकेश र आदित्य यादवको शव समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यो सँगै थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्