शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा आइतबारदेखि पुनः सञ्चालन
काठमाडौं, १४ असार । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको बहिरङ्ग (ओपीडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ।
अस्पताल प्रशासनले जारी गरेको सूचनाअनुसार आगामी असार १५ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा पुनः सुरु गरिनेछ। यससँगै स्वास्थ्य बीमा कार्यक्रममार्फत उपचार गराउँदै आएका बिरामीहरूले पुनः उक्त सेवा लिन सक्नेछन्।
अस्पतालका अनुसार बीमा अन्तर्गतको ओपीडी टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म तथा दिउँसो १ बजेदेखि २:३० बजेसम्म बीमा टिकट कक्षबाट वितरण गरिनेछ।
अस्पतालले तोकिएको समयमा टिकट लिई सेवा लिन सबै स्वास्थ्य बीमा सेवाग्राहीलाई अनुरोध गरेको छ। स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा पुनः सञ्चालन भएसँगै सेवाग्राहीलाई उपचारमा थप सहज हुने अपेक्षा गरिएको छ।







प्रतिक्रिया दिनुहोस्