अस्ट्रेलिया समूह ‘डी’को उपविजेता बन्दै नकआउट चरणमा, अमेरिका समूह विजेता
काठमाडौं, १२ असार । फिफा विश्वकप फुटबल प्रतियोगिताको समूह ‘डी’बाट अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रंगशालामा भएको खेलमा अस्ट्रेलियाले पाराग्वेसँग गोलरहित बराबरी खेलेपछि नकआउट चरणमा स्थान सुरक्षित गरेको हो।
बराबरीसँगै अस्ट्रेलियाले तीन खेलबाट चार अङ्क जोड्दै समूहको दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो।
यता, अमेरिका भने तीन खेलबाट ६ अङ्कसहित समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ। यसअघि लगातार दुई खेल जितेको अमेरिकाले शीर्ष स्थान कायम राख्न सफल भयो।
पाराग्वेले अस्ट्रेलियासँग बराबरी खेलेपछि नकआउट चरणमा पुग्ने सम्भावना भने अझै जीवित रहेको छ।
यसै समूहको अर्को खेलमा टर्कीले अमेरिकालाई ३–२ गोलअन्तरले पराजित गरे पनि तीन अङ्कमै सीमित रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।







प्रतिक्रिया दिनुहोस्