प्रतिनिधि सभाको  बैठक आज पनि स्थगित

काठमाडौं १२ असार । संघिय संसदको प्रतिनिधि सभाको आज बस्ने बैठक पनि स्थगित भएको छ ।
सभाको बैठक असार १२ गते बस्ने गरि संसदसचिवालयले सूचना टाँस गरिएको थियो तर आज फेरि केहि समय अघि सूचना टाँस गरि स्थगन गरेको हो ।

सूचनामा भनिएको छ ‘आज मिति २०८३ असार १२ शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सम्मानीय सभामुखले सभाको बैठक मिति २०८३ असार १३ शनिबार बिहान ११ बजे बस्ने गरी निर्धारण गर्नु भएको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।’
हिजो असार ११ गते पनि यसै गरि सभा स्थगित गरि आजका लागि सारिएको थियो ।
अधिकांश सांसदहरु राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशनमा व्यस्त भएकाले स्थगित गर्नु परेको हो ।

प्रतिक्रिया दिनुहोस्