फिफाले एन्फालाई तत्काल निलम्बन गर्यो, सबै अधिकार गुम्ने
काठमाडौं, ११ असार । विश्व फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई तत्काल प्रभावबाट निलम्बन गरेको छ। बुधबार फिफाले एन्फाका महासचिव किरण राईलाई इमेलमार्फत पत्र पठाउँदै निलम्बनको जानकारी दिएको हो।
फिफाले निलम्बनको कारणमा संस्थागत दायित्व उल्लंघन र बाह्य हस्तक्षेपलाई मुख्य आधार बनाएको छ। फिफाको विधानअनुसार गम्भीर उल्लंघन भएको ठहर गर्दै काउन्सिल ब्युरोले जुन २४, २०२६ मा यो निर्णय गरेको उल्लेख छ।
निलम्बन फुकुवाका लागि फिफाले केही सर्तहरू पनि राखेको छ। जसअनुसार २५ मार्चमा राष्ट्रिय खेलकुद परिषद्ले गरेको एन्फा निलम्बन निर्णय बिना सर्त फिर्ता लिनु र वर्तमान एन्फा कार्यसमितिलाई पुनः बहाल गर्नु पर्नेछ।
त्यसैगरी, एन्फालाई आफ्नो विधानअनुसार सुरु भएको निर्वाचन प्रक्रिया छिटो सम्पन्न गर्न पनि निर्देशन दिइएको छ।
निलम्बनपछि अब अर्को सूचना नआएसम्म एन्फाले फिफा सदस्यका सबै अधिकार गुमाउनेछ।







प्रतिक्रिया दिनुहोस्