कोलम्बिया नकआउट चरणमा प्रवेश

काठमाडौं, १० असार । मेक्सिकोको ग्वाडलजारामा बुधबार बिहान भएको खेलमा कोलम्बियाले कंगोलाई १–० ले पराजित गर्दै विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

कोलम्बियाको जितमा ७६औँ मिनेटमा ड्यानियल म्युनोजले गरेको गोल निर्णायक बन्यो। खेलभर कोलम्बियाले २० पटक गोलका लागि प्रयास गरेको थियो। कंगोका गोलरक्षक लियोनल एमपासीले उत्कृष्ट प्रदर्शन गर्दै धेरै प्रयास विफल पारे।

कंगोले पनि सात पटक गोलतर्फ प्रहार गरे पनि सफल हुन सकेन। यस जितसँगै कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा पुगेको छ। चार अङ्क जोडेको पोर्चुगल दोस्रो स्थानमा रहेको छ। यी दुई टोली समूह चरणको अन्तिम खेलमा आमनेसामने हुनेछन्। उक्त खेलपछि समूह विजेता र उपविजेताको टुंगो लाग्नेछ।

कंगो एक अङ्कसहित तेस्रो स्थानमा छ भने उज्वेकिस्तान अङ्कविहीन रहँदै समूहको पुछारमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्