पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय
काठमााडौं, ८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी (पासपोर्ट) खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ।
निर्णयसँगै अख्तियारको टोली आवश्यक कागजातसहित विशेष अदालत पुगेको स्रोतले जनाएको छ।
अख्तियार उच्च स्रोतका अनुसार मुद्दामा पूर्वमहानिर्देशक तीर्थराज अर्यालसहित अन्य व्यक्तिहरूलाई विपक्षी बनाइएको छ। यद्यपि मुद्दामा समावेश अन्य व्यक्तिहरूको नाम भने सार्वजनिक गरिएको छैन।
मुद्दा दर्ता प्रक्रियासँगै विशेष अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
अख्तियारले राहदानी खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे लामो समयदेखि अनुसन्धान गरिरहेको थियो। मुद्दा दर्तापछि आरोपितहरू र उनीहरूमाथि लगाइएका आरोपसम्बन्धी थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्