रौतहटमा बम विस्फोट, आमा र छोरा गम्भिर घाइते

काठमाडौं । रौतहटको चन्द्रपुर गाउँपालीका, राधाकृष्ण मन्दिर छेउमा अज्ञात समूहले बम विस्फोट गराएको छ । बाम गठबन्धनको वडा नम्बर ५ को भेलालाई लक्षित गरी बम विस्फोट गराइएको हो । दिउँसो २ बजेर ४० मिनेट जाँदा बम विस्फोट भएको प्रहरीले जनाएको छ । सो विस्फोटमा परि आमा र छोरा गम्भिर घाइते भएको जनाइएको छ ।

प्रहरीका अनुसार सात वर्षीय जैविक राई र ३१ वर्षीय सरिता राई घाइते भएका छन् । उनीहरुको उपचारको लागि भरतपुर अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा अन्य ६ जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीया लक्ष्मी राई, ५४ वर्षीय राम बहादुर विक, ४८ वर्षीय कान्ता खड्की, ३१ वर्षीय गोपाल विक, ४५ वर्षीय दिलमाया राई र ५० वर्षीय यमुना काफ्ले रहेका छन् । सो विष्फोटको हालसम्म कसैले जिम्मेवारी लिएको छैन । घटनाको अनुसन्धान भईरहेको रौतहत प्रहरीले जनाएको छ ।

यसरी विभिन्न स्थान तथा उमेद्वारमाथी वम प्रहार र आक्रमण भईरहंदा पनि गृह मन्त्रालय भने सुरक्षाको पूर्ण व्यवस्था पुरा भएको कुरा सार्वजनीक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्