फोटोन ‘कर्पोरेट व्यावसायिक सवारीसाधन पुरस्कार २०२६’ बाट सम्मानित

काठमाडैं, असार ५, नेपालको यातायात क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै विश्वप्रसिद्ध व्यावसायिक सवारीसाधन उत्पादक फोटोनलाई ‘कर्पोरेट व्यावसायिक सवारीसाधन पुरस्कार २०२६’ प्रदान गरिएको छ।

आधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड, दिगो आवागमन तथा वातावरणमैत्री यातायात समाधानमार्फत पुर्‍याएको योगदानको कदरस्वरूप फोटोनलाई उक्त सम्मान प्रदान गरिएको हो।

राजधानीस्थित र्याडिसन होटलमा आयोजित विशेष समारोहमा एमएडब्लु वृद्धि व्यावसायिक सवारीसाधन प्रालिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार बरालले पुरस्कार ग्रहण गरेका थिए।

कम्पनीका अनुसार यो सम्मानले नेपाली व्यावसायिक सवारीसाधन बजारमा फोटोनको बढ्दो उपस्थितिका साथै स्वच्छ, हरित र प्रभावकारी यातायात प्रणाली निर्माणप्रतिको प्रतिबद्धतालाई झल्काएको छ।

हाल नेपालभर दुई हजारभन्दा बढी फोटोनका सवारीसाधन सञ्चालनमा रहेका छन्। फोटोनका भरपर्दा मालवाहक सवारी, यात्रुवाहक भ्यान तथा विद्युतीय व्यावसायिक सवारीसाधनले व्यवसायिक आवागमनलाई सहज बनाउनुका साथै दिगो यातायात विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्।

पुरस्कारले विद्युतीय आवागमनको विस्तार, कार्बन उत्सर्जन न्यूनीकरण तथा अत्याधुनिक व्यावसायिक सवारी प्रविधिको प्रवर्द्धनमा फोटोनले खेलेको अग्रणी भूमिकालाई समेत मान्यता दिएको छ।

पुरस्कार ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत बरालले यो सम्मानले नेपालमा गुणस्तरीय व्यावसायिक आवागमन समाधान उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई थप सुदृढ बनाएको बताए। उनले भरपर्दा सवारीसाधन, नवीन प्रविधि तथा प्रभावकारी बिक्रीपछिको सेवामार्फत देशको आर्थिक विकासमा योगदान पुर्‍याउने लक्ष्यमा कम्पनी निरन्तर अग्रसर रहने उल्लेख गरे।

नेपालमा फोटोनको आधिकारिक प्रतिनिधिका रूपमा रहेको एमएडब्लु वृद्धि व्यावसायिक सवारीसाधनले देशभर बिक्री, मर्मत तथा जगेडा पुर्जा सेवा सञ्जाल विस्तार गर्दै ग्राहकलाई सहज सेवा उपलब्ध गराउँदै आएको छ।

त्यसैगरी, विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्न कम्पनीले देशभर दुई सयभन्दा बढी द्रुत विद्युतीय चार्ज केन्द्र स्थापना गरिसकेको जनाएको छ।

यो सम्मानसँगै फोटोनले नेपाली व्यवसायीको आवश्यकता अनुरूप गुणस्तरीय तथा आधुनिक सवारीसाधन उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्