कोलम्बियाको विजयी सुरुआत, उज्वेकिस्तान ३–१ गोलले पराजित
काठमााडौं , ४ असार । विश्वकप फुटबल २०२६ मा कोलम्बियाले विजयी सुरुआत गरेको छ। बिहीबार बिहान भएको समूह चरणको खेलमा उज्वेकिस्तानलाई ३–१ गोलले पराजित गर्दै कोलम्बियाले प्रतियोगितामा सुखद सुरुआत गरेको हो।
मेक्सिको सिटीस्थित रङ्गशालामा भएको खेलको ४०औँ मिनेटमा ड्यानियल मुनोजले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको ६०औँ मिनेटमा उज्वेकिस्तानका अब्बोसबेक फैजुल्लेभले बराबरी गोल फर्काएपछि खेल १–१ को अवस्थामा पुगेको थियो।
तर पाँच मिनेटपछि नै लुइस डियाजले गोल गर्दै कोलम्बियालाई पुनः अग्रता दिलाए। त्यसपछि अतिरिक्त समयको नवौँ मिनेटमा जेमिन्टन क्याम्पाजले अर्को गोल थपेपछि कोलम्बियाले ३–१ गोलको जित सुनिश्चित गर्यो।
जितसँगै कोलम्बियाले तीन अङ्क जोडेको छ।
यही समूहअन्तर्गत भएको अर्को खेलमा पोर्चुगल र कङ्गोले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्। समूहमा कोलम्बिया शीर्ष स्थानमा रहँदा कङ्गो दोस्रो, पोर्चुगल तेस्रो र उज्वेकिस्तान चौथो स्थानमा रहेको छ।









प्रतिक्रिया दिनुहोस्