विराटनगर किंग्सद्वारा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं २, असार । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले कप्तान सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको छ।

टिमले ओपनर लोकेश बम, अलराउन्डर बसिर अहमद, अलराउन्डर नारायण जोशी, तीव्र गतिका बलर प्रतिश जिसी तथा स्पिनर सुवास भण्डारीलाई आगामी सिजनका लागि टोलीमै कायम राखेको हो।

विराटनगरले अघिल्लो सिजन अक्सनमार्फत टोलीमा समावेश गरेका सूर्य तामाङ, साहिल पटेल, श्रवण किस्कु र शंकर रानालाई भने रिलिज गरेको छ।

यस्तै, अघिल्लो सिजन रिटेन गरिएका नरेन भट्ट पनि यसपटक टोलीबाट बाहिरिएका छन्। अक्सनमार्फत टोलीमा आएका नारायण जोशी भने आफ्नो प्रदर्शनका आधारमा रिटेन हुन सफल भएका छन्।

नेपाल प्रिमियर लिगको नयाँ सिजनका लागि फ्रेन्चाइज टोलीहरूले खेलाडी रिटेन तथा रिलिज गर्ने प्रक्रिया जारी राखेका छन्।

प्रतिक्रिया दिनुहोस्