विश्वकप २०२६: लामो अन्तरालपछि फर्किएका १६ राष्ट्रले तोडे गोलको खडेरी
काठमाडौं २, असार । फिफा विश्वकप २०२६ मा सहभागी ४८ राष्ट्रमध्ये १६ राष्ट्रले कम्तीमा एक संस्करणको अन्तरालपछि पुनः विश्वकपमा फर्किँदै लामो समयदेखिको गोलको खडेरी समाप्त गरेका छन्।
यी टोलीहरू वर्षौंदेखि विश्वकपमा गोल गर्न नसकेको अवस्थाबाट यस पटक पुनः स्कोरिङमा फर्किन सफल भएका हुन्।
लामो अन्तरालपछि गोल गर्ने प्रमुख राष्ट्रहरू
स्विडेन
सन् २०१८ पछि पहिलो पटक विश्वकपमा गोल गरेको स्विडेनले ट्युनिसियाविरुद्ध ५–१ को जित निकाल्दा यासिन आयारीले गोल गर्दै करिब २,९०३ दिनको खडेरी अन्त्य गर्यो।
इजिप्ट
सन् २०१८ पछि गोलविहीन रहेको इजिप्टका लागि बेल्जियमविरुद्ध इमाम आसुरले गोल गर्दै १–१ को बराबरी दिलाए।
बोस्निया र हर्जगोभिना
सन् २०१४ पछि पहिलो गोल जोभो लुकिचले क्यानडाविरुद्ध हेडरमार्फत गरेका थिए।
आइभोरी कोस्ट
इक्वेडरविरुद्ध अमाद डियालोको निर्णायक गोलसँगै आइभोरी कोस्टले लामो अन्तरालपछि विश्वकपमा गोल खाता खोल्यो।
पाराग्वे
सन् २०१० पछि पहिलो गोल माउरिसियोले अमेरिकाविरुद्धको खेलमा सान्त्वना गोलका रूपमा गरे।
न्युजिल्याण्ड
इरानविरुद्ध एलिजा जस्टले गोल गर्दै करिब १६ वर्षपछि विश्वकपमा गोल फर्कायो।
चेक गणतन्त्र
झण्डै २० वर्षपछि लाडिस्लाभ क्रेजीले दक्षिण कोरियाविरुद्ध गोल गर्दै टोलीलाई सफलता दिलाए।
स्कटल्याण्ड
सबैभन्दा लामो पर्खाइपछि स्कटल्याण्डले हाइटीविरुद्ध १–० को जित निकाल्दा जोन म्यागिनले निर्णायक गोल गरे।
लामो अन्तरालपछि फर्किएका यी राष्ट्रहरूको पुनरागमन र गोलले यस पटकको विश्वकपलाई थप ऐतिहासिक र प्रतिस्पर्धात्मक बनाएको छ।





प्रतिक्रिया दिनुहोस्