महानगर बाल सभा २०८३ सम्पन्न
काठमाडौं , १ असार । ‘बालापनको रक्षा भविष्यको सुरक्षा’ भन्ने मुल नाराका साथ महानगर बाल सभा २०८३ सम्पन्न भएको छ ।
सो सभाले महानगरको आगामी वर्ष २०८३/०८४को नीति तथा कार्यक्रम र बजेटमा बालबालिकाको एजेण्डा के कस्ता कार्यक्रमहरु समेट्नु पर्ला भनि विषयगत समिति बनाई छलफल गरि सभा सम्पन्न भएको हो ।
काठमाडौं महानगरपालिका ३२ वटै वडाका बालबालिकाको प्रतिनिधित्व हुनेगरि प्रत्येक वडाबाट दुई तथा तीन जना बालबालिका सहभागि भएको बालअधिकार समिति सदस्य प्रविण सिलवालले जानकारी दिए ।
यसको लागि महानगरले बालबालिकाको पाँचवटा समिति गठन गरेको छ । जसमा बालबालिका संभार समिति, संरक्षण समिति, प्रवद्र्धन समिति र परिपूर्ती समिति गठन गरेको बालकल्यण समिति सदस्य प्रविण सिलवालले बताए ।
बालकल्यण समिति सदस्य विनिता शर्माले महानगरमा बालमष्तिष्कको विकास, क्षमता अभिवृद्धि, बालनोभावलाई कसरी समेट्न सकिन्छ र महानगरले बजेटमा के के कुराहरु समेट्न पर्ला भन्ने विषयमा कार्यक्रम केन्द्रित गरिएको बताए । उनले बालबालिकोको सर्वाङ्णि विकासका लागि बाल क्लबको आवश्यकता भएको बताए । अहिलेको बालबच्चा के चाहन्छन् । के गर्न खोज्छन् भन्ने विषयमा गहन छलफलको आजको टक्कारो विषय भएको उनको भनाई थियो । उनले महानगरलाई बालमैत्री बनाउने कुरामा जोड दिनुपर्ने बताउँदै बाल भेला महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा समुहगत छलफलले बालबालीकाहरुको समस्या, एजेण्डाका बरेमा समुहगत छलफलका लागि अध्यक्ष नेतृत्व छनोट गरि बालबालिका अधिकालाई कसरी सुरक्षित गर्न भन्ने विषयगत छलफल गरिएको सदस्य सिलवालले बताए । विद्यालय, घर तथा समुदायमा बालबालिकाको आफ्ना काम र अधिकारको बारेमा बोध गराइएको थियो ।
कार्यक्रममा बलबालिकाको संस्थागत विकासका लागि बालप्रक्षेपण, बाल संरक्षण, बाल सहभागिता, संस्थागत प्रणाली समुहमा विभाजन गरि समूह निर्माण गरि बालबालिकाको बारेमा बजेट तथा नीतिगत कुरामा बहस पैरवी गरिएको छ ।
कार्यक्रममा महानगरका बाल सामाजिक समितिको संयोजक राम कुमार के.सी. महानगर बालअधिकार समिति सदस्य लक्ष्मण ज्ञावली, बालकृष्ण अधिकारी लगायतले बाल अधिकारको बारेमा चार्चा गरेका थिए । सभामा करिब ७० जना बालबालिकाको सहभागिता रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्