पछिल्लो २४ घण्टामा २,०२५ चालक ट्राफिक कारबाहीमा, राज्यकोषमा १० लाख ४८ हजार राजस्व
काठमाडौं १,असार । पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने २ हजार २५ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा १० लाख ४८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।
ट्राफिक प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादकपदार्थ सेवन गरी सवारी चलाउने १०० जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १०७ जना, ट्राफिक संकेत बत्ती उल्लंघन गर्ने १३६ जना तथा तीव्र गतिमा सवारी चलाउने १६५ जनामाथि कारबाही गरिएको छ।
यस्तै, लेन अनुशासन पालना नगर्ने ५८ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १०९ जना, सडक पेटीमा सवारी पार्किङ गर्ने १०५ जना, एकतर्फी सडकमा सवारी चलाउने ११७ जना तथा अन्य विभिन्न सवारी नियम उल्लंघन गर्ने १ हजार १२८ जनालाई समेत कारबाही गरिएको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सडक सुरक्षा तथा सवारी अनुशासन कायम गर्न नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्