विश्वकपमा स्कटल्याण्डको विजयी सुरुआत

काठमाडौं ३१ जेष्ठ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

अमेरिकाको बोस्टनस्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा स्कटल्याण्डले २८ वर्षपछि विश्वकपमा पुनरागमन गर्दै महत्वपूर्ण जित हासिल गरेको हो।

स्कटल्याण्डका जोन म्याकगिनले खेलको २८औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो। सोही गोलको आधारमा स्कटल्याण्डले तीन अंक जोडेको छ।

यस समूहमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेपछि समूह ‘सी’ रोचक बनेको छ।

जितसँगै स्कटल्याण्ड तीन अंकका साथ शीर्ष स्थानमा पुगेको छ भने मोरक्को र ब्राजिल एक–एक अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। हाइटी अंकविहीन हुँदै चौथो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्