एआईजी अन्जनीकुमार पोखरेल मानव स्रोत विभागमा पदस्थापन
जेष्ठ २६ काठमाडौं । सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)बाट अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका अन्जनीकुमार पोखरेलको सशस्त्र प्रहरी बलको मानव स्रोत विभागमा पदस्थापन भएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार एआईजी पोखरेललाई मानव स्रोत विभागको जिम्मेवारी दिइएको हो। उक्त विभाग यसअघि एआईजी नारायणदत्त पौडेल प्रहरी महानिरीक्षक (आईजीपी) बनेपछि रिक्त थियो।
पोखरेलले सोमबार एआईजीको दर्ज्यानी चिह्न ग्रहण गरेका थिए। बढुवापछि उनलाई संगठनभित्र महत्वपूर्ण मानिने मानव स्रोत विभागको जिम्मेवारी दिइएको हो।




प्रतिक्रिया दिनुहोस्