ललितपुरमा २१ ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ

जेष्ठ, २५ काठमाडौ । लागुऔषध खैरो हेरोइनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा दिनेशकुमार बैठा, इन्द्रजित कामती, रुबी देवी तथा एक १५ वर्षीया किशोरी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ परेकाहरूको साथबाट २१ ग्राम खैरो हेरोइन बरामद गरिएको छ।

लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप विवरण संकलन भइरहेको र पक्राउ परेकामाथि लागूऔषध सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्